दफा ७६
वास्तविक धनीको पहिचान
(१) ऐनको दफा ३ ५क. बमोजिम कानूनी . व्यक्तिले वास्तविक धनीको विवरण तयार गर्दा आवश्यकता अनुसार कानूनी व्यक्तिको स्वामित्व धारण गर्ने वा नियन्त्रण गर्न सक्ने व्यक्तिबाट देहायका विषयमा विवरण लिनु वा स्वःघोषणा गराउनु पर्नेछ:-

(क) एकल वा एकाघर परिवारको पन्ध्र प्रतिशत वा सोभन्दा बढी स्वामित्व रहे वा नरहेको,

(ख)एकै वा फरक फरक कानूनी: व्यक्तिको लगानी, स्वामित्व संरचना हिसाब गर्दा सम्बन्धित प्राकृतिक व्यक्तिको पन्ध्र प्रतिशत वा सोभन्दा बढी स्वामित्व रहे वा नरहेको,

(ग) उल्लेख्य तथा फरक मताधिकार रहे वा नरहेको,

(घ) क्रणका उपकरणबाट नियन्त्रण रहे वा नरहेको,

(ङ) अन्य कुनै व्यक्तिको नाम वा सम्पत्तिबाट आफ्नो: स्वामित्व वा नियन्त्रण रहे वा नरहेको,

(च) प्रचलित कानून बमोजिम नोमिनी शेयरधनी वा सञ्चालक भएको कम्पनीको हकमा त्यस्तो कम्पनीको नोमिनी शेयरधनी वा सञ्चालक मनोनयन गर्ने कम्पनी वा सो उपर ऐन बमोजिम प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वास्तविक धनी वा त्यस्तो हैसियत रहे वा नरहेको,

(छ) पदाधिकारी मनोनयनको कारणबाट वास्तविक धनीको हैसियत रहे वा नरहेको,

(ज) उच्च व्यवस्थापकीय पदको नियुक्तिमा अविच्छिन्न अधिकार रहे वा नरहेको,

(झ) सूचक संस्थाले स्वामित्व धारण गर्ने वा नियन्त्रण गर्न सक्ने व्यक्तिका सम्बन्धमा सम्बन्धित सबैको जानकारीको: लागि राखेको विवरणको जानकारी भए वा नभएको ।

(२) नियमनकारी निकाय वा कानूनी व्यक्ति वा कानूनी प्रबन्ध दर्ता गर्ने निकायले स्वःघोषणाको विवरण, चुक्ता पुँजी, कारोबार र जोखिमको आधारमा प्राथमिकता तयार गरी वास्तविक धनीको विवरण सङ्कलन गर्ने व्यबस्था गर्न सक्नेछ ।

तर एक करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कानूनी व्यक्ति वा दश लाख रुपैयाँभन्दा कम शेयर स्वामित्व भएको प्राकृतिक व्यक्तिको विवरण नियमनकारी निकाय वा दर्ता गर्ने निकायले निर्धारण गरेको समयमा पेस गर्न सकिनेछ।

(३) उपनियम /(१) बमोजिमको विवरण दर्ता भएको, इजाजतपत्र माग भएको बा स्वामित्व वा नियन्त्रण परिवर्तन भएको मितिले तीन महिनाभित्र नियमनकारी निकाय वा दर्ता गर्ने निकायमा पेस गर्नु पर्नेछ।

(४) उपनियम (२) वा (३) बमोजिम प्राप्त विवरण उपर नियमनकारी निकाय भएको कानूनी व्यक्तिको हकमा सम्बन्धित ८ नियमनकारी निकायले र त्यस्तो निकाय नभएको कानूनी .व्यक्तिको हकमा दर्ता गर्ने निकायले देहायका कुनै वा सबै उपाय अवलम्बन गरी वास्तविक धनी सम्बन्धी विवरणको जाँचबुझ गर्नु पर्नेछ:-

(क) त्यस्तो व्यक्तिले तिरे वा बुझाएको राजस्व वा शुल्क सम्बन्धी विवरण माग गरेर,

(ख) नियमनकारी निकायमार्फत सूचक संस्थामा रहेको वास्तविक धनीको विवरण माग गरेर,

(ग) बित्तीय जानकारी इकाईसँग भएको विवरण माग गरेर,

(घ) निकासी पैठारी सम्बन्धी प्रचलित कानून बमोजिमको व्यापार पारदर्शिता इकाईसँग विवरण माग गरेर,

(ङ) अनुसन्धान वा -सम्पत्ति . व्यवस्थापन वा कानून कार्यान्वयन गर्ने अन्य निकायसँग विवरण मागः गरेर,

(च) वास्तविक धनीका सम्बन्धमा न्यायिक निकायसँग रहेको विवरण माग गरेर,

(छ) आवश्यकता अनुसार विदेशी समकक्षी वा सम्बन्धित निकायसँग विवरण माग गरेर,

(ज) सार्वजनिक रूपमा आएका जानकारीका माध्यमबाट विवरण प्राप्त गरेर,

(झ) अन्य उपयुक्त तरिकाबाट विवरण प्राप्त गरेर ।

(५) उपनियम (४) बमोजिम जाँचबुझ गर्दा ऐनको दफा ३५क. को उपदफा (३) बमोजिमको अवस्था देखिएमा नियमनकारी निकाय भएको काबूनी व्यक्तिको हकमा सम्बन्धित नियमनकारी निकायले र त्यस्तो निकाय नभएको कानूनी व्यक्तिको हकमा दर्ता गर्ने निकायले सम्बन्धित कानूनी व्यक्तिमार्फत आवश्यक प्रमाण तथा कागजात माग गर्नु पर्नेछ।

(६) उपनियम (५) बमोजिम प्रमाण तथा कागजात माग गरेको विषयमा सम्बन्धित व्यक्तिले पैतिस -दिनभित्र आफूसँग रहेका प्रमाण तथा कागजात माग गर्ने निकायमा पेस गर्नु पर्नेछ।

(७) उपनियम (५) बमोजिम मागिएको प्रमाण तथा कागजात नदिने व्यक्तिको स्वामित्व वा कारोबार रोक्का राख्नु पर्नेछ।

(८) उपनियम (६) बमोजिम पेस भएका प्रमाण तथा कागजात सन्तोषजनक भएको नपाइएमा वा ऐन तथा यस नियमावली प्रतिकूल हुने गरी धारक शेयर वा सोसँग सम्बन्धित अन्य वित्तीय उपकरण जारी गरेको पाइएमा ऐनको दफा ३५क. को उपदफा (४) बमोजिमको कारबाही गर्नु नपर्ने कारण भए वास्तविक धनीलाई स्पष्टीकरण पेस गर्न सम्बन्धित कानूनी व्यक्तिमार्फत पन्ध्र दिनको: म्याद दिनु पर्नेछ।

(९) उपनियम (८) बमोजिमको म्यादभित्र स्पष्टीकरण पेस नगरेमा वा स्पष्टीकरण माग गरिएको पत्र नबुझेमा, पेस गरेको स्पष्टीकरण सन्तोषजनक नभएमा वा उपनियम (७) बमोजिम रोक्का: राखिएको स्वामित्व वा कारोबारको बारेमा उपनियम (६) बमोजिमको प्रमाण तथा कागजातको विवरण तीन महिनासम्म प्राप्त नभएमा ऐनको दफा ३५क. को उपदफा (४) बमोजिम जफत र जरिबाना गरी त्यसको जानकारी निज र सम्बन्धित कानूनी व्यक्तिलाई दिनु पर्नेछ।

(१०) उपनियम (९) बमोजिम जफत र जरिबाना भएको व्यक्तिको विवरण सम्बन्धित निकायले आफ्नो वेबसाइटमा राख्नु पर्नेछ।

(११) नियमनकारी निकाय वा दर्ता गर्ने निकायले कानूनी व्यक्तिको वास्तविक धनीको पहिचान गर्दा विदेशी व्यक्ति रहेको पाएमा सोको जानकारी सम्बन्धित मुलुकलाई दिनु पर्नेछ।

(१२) यस नियम बमोजिम जफत तथा जरिबानाको कारबाही भएमा वा पेस गरिएको विवरणः शङ्कास्पद भएमा नियमनकारी निकाय वा दर्ता गर्ने निकायले सोको जानकारी वित्तीय जानकारी इकाई र आवश्यकता (अनुसार अनुसन्धान गर्ने सम्बन्धित अधिकारीलाई दिनु पर्नेछ।